एमाले स्थायी कमिटी सदस्य तथा प्रदेश नम्वर ४ का संयोजक गुरुङद्धारा धन्यवाद व्यक्त

तनहुँ। एमाले स्थायी कमिटी सदस्य तथा प्रदेश नम्वर ४ का संयोजक किरण गुरुङले शान्तिपूर्ण र उत्साहजनक रुपमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न भएकोमा सबैलाई धन्यवाद दिएका छन् ।

तनहुँ निर्वाचन क्षेत्र नम्वर २ प्रदेश सभा २ का वाम गठबन्धनका साझा उम्मेदवार समेत रहेका उनले लोकतन्त्रको सबैभन्दा ठूलो उत्सव निर्वाचनलाई शान्तिपूर्ण, विवेकपूर्ण र उत्साहजनक रुपमा सम्पन्न गर्न सहयोग पु¥याउने मतदाता, सुरक्षाकर्मी, राष्ट्रसेवक, शिक्षक लगायत पर्यवेक्षणमा सहभागी सबैलाई धन्यवाद दिएका हुन् ।

साथै उनले आफु उम्मेदवार भएको हैसियतले पनि आफ्नो उम्मेदवारीको प्रचार प्रसार निमित्त सहयोग गर्ने पार्टी कमिटी, नेता तथा कार्यकर्ता तथा सम्पूर्ण सुभेच्छुक तथा शुभचिन्तकहरुमा हार्दिक आभार व्यक्त गरेका छन् ।

देशका केहि स्थानमा भएका छिटपुट घट्ना बाहेक विहिवार देशका ४५ जिल्लामा दोस्रो चरणको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन सम्पन्न भएको छ भने पहिलो चरणको निर्वाचन यही मंसिर १० गते ३२ जिल्लामा सम्पन्न भएको थियो ।

 


Like Us On Facebook
Follow Us On Twitter
भिडियो
सुझाव र प्रतिक्रिया

Please fill up the required field(*)

Join Our Newsletter

सुखी नेपाली, समृद्घ नेपाल स्वाभिमानी नेपाली, सार्वभौम नेपाल